
✍️सुसीला रेग्मी
काठमाडौं । नेपाल पूर्व सशस्त्र प्रहरी संघले अवकाश प्राप्त पूर्व सशस्त्र प्रहरी कर्मचारीलाई पुनः करार सेवामा काम गर्ने अवसरका लागि सूचना जारी गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय कल्याणकारी सेवा केन्द्रद्वारा सञ्चालित हल्चोक पयल स्टेसन स्वयम्भू, काठमाडौंमा पूर्व सशस्त्र प्रहरी कर्मचारीलाई करार सेवामा नियुक्त गरी कामकाजमा खटाउने नीति अनुरूप आवेदन आह्वान गरिएको हो।
सूचनाअनुसार पूर्व सशस्त्र प्रहरी परिचरदेखि सशस्त्र प्रहरी वरिष्ठ हवल्दारसम्मका अवकाश प्राप्त कर्मचारीमध्ये इच्छुक व्यक्तिले करार सेवामा काम गर्न आवेदन दिन सक्नेछन्। हाल २ जना आवश्यक रहेको र इच्छुकलाई ६ महिनाका लागि करार सेवामा खटाउन सकिने सूचनामा उल्लेख छ।
इच्छुक पूर्व सशस्त्र प्रहरी कर्मचारीले २०८३ भदौ १ गतेभित्र नेपाल पूर्व सशस्त्र प्रहरी संघको कार्यालयमा आवेदन दर्ता गराउनुपर्नेछ।
आवश्यक कागजातहरू:
* निवेदन पत्र
* व्यक्तिगत विवरण (CV)
* नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
* निवृत्तिभरण अधिकार परिचयपत्रको प्रतिलिपि
BankeUpdate.com — पूर्व सशस्त्र प्रहरी कर्मचारीका लागि पुनः सेवामा जोडिने अवसर।










