वैदेशिक रोजगारीको ठगी रोक्न कानुन र श्रम मन्त्रालयले संयुक्त पहल थाल्ने

११ मंसिर,

बाँके । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण र नागरिकलाई सही प्रक्रियाबारे सुसूचित गराउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयले संयुक्त रूपमा विशेष पहल थाल्ने भएका छन् ।

कानुनमन्त्री सोविता गौतमले राजनीतिमा आएदेखि नागरिकहरूबाट सबैभन्दा धेरै सुनेका गुनासाहरूमध्ये वैदेशिक रोजगारीको ठगी पनि एक रहेको उल्लेख गर्दै दुई मन्त्रालयको सहकार्यमा छिट्टै विशेष कार्यक्रम ल्याउन लागिएको जानकारी दिएकी हुन् ।

यस क्षेत्रको सुधारका लागि युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको नेतृत्वमा विभिन्न नीतिगत तथा प्रक्रियागत सुधारका कामहरू भइरहेको उनले बताएकी छन् । यद्यपि, प्रणालीगत सुधार मात्र पर्याप्त नहुने भन्दै उनले नागरिकलाई सही प्रणालीबारे जानकारी गराउन आवश्यक रहेकोमा जोड दिएकी छन् ।

“प्रणाली सुधारेर मात्र पुग्दैन, नागरिकलाई सही प्रणालीबारे सुसूचित गराउनु पनि उत्तिकै आवश्यक छ,” मन्त्री गौतमले भनिन्, “वैदेशिक रोजगारीमा जान चाहने नागरिकले कुन प्रक्रिया अवलम्बन गर्ने, कसलाई विश्वास गर्ने, ठगीबाट कसरी बच्ने र समस्या परे कहाँ सम्पर्क गर्ने भन्ने जानकारी समुदायस्तरसम्म पुग्नुपर्छ ।”

समुदायस्तरसम्म सही सूचना पुर्‍याएर वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यका साथ दुवै मन्त्रालयले संयुक्त पहल अघि बढाउन लागेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

Plugin Development: MN Softwares