बाँकेका एसपी अंगुर जीसीको सरुवा, नवराज मल्ल आउँदै

९ मंसिर,

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जी.सी.को सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले जी.सी.लाई साइबर ब्युरो अपराध अनुसन्धान शाखा, भोटाहिटी, काठमाडौंमा सरुवा गरेको हो।

उनको सरुवासँगै बाँकेको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) नवराज मल्लले सम्हाल्ने भएका छन्।

मल्ल यसअघि नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागअन्तर्गत सुरक्षा सेवा व्यवस्थापन महाशाखा, नक्साल काठमाडौंमा कार्यरत थिए।

नयाँ जिम्मेवारीसहित बाँके आउने तयारीमा रहेका एसपी मल्लले जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहको जिम्मेवारी सम्हाल्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खबर

Plugin Development: MN Softwares