बर्दियामा खैरो हेरोइनसहित एक युवक पक्राउ

१० मंसिर,

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका–५ बाट १४.४४० ग्राम खैरो हेरोइनसहित २२ वर्षीय भुपेन्द्र कुमार थारुलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार थारुलाई खैरो हेरोइन खरिद–बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको हो। उनको साथबाट लागुऔषध खैरो हेरोइन १४.४४० ग्राम र एक थान मोबाइल बरामद गरिएको छ।

पक्राउ परेका थारुलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मैनापोखरी, बर्दियामा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर

Plugin Development: MN Softwares