एनपीएल दसैँ लगत्तै सुरु हुने

२४ साउन,

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको मिति घोषणा गरेको छ।

जसअनुसार तेस्रो संस्करणको एनपीएल दसैँ लगत्तै सुरु भएर तिहार पनि यही मितिमा परेको छ। एनपीएलको घोषित मित कात्तिक ९ देखि मंसिर ५ सम्म हुने छ।

अर्थात दसैँको पूर्णीमाको भोलिपल्टबाट नेपाल प्रिमियर लिग (एनपिएल) सुरु हुने छ। क्यानका सचिव पारस खड्काले एक विज्ञप्ती जारी गर्दै भने, ‘एनपीएल २०२६ आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने व्यहोरा अवगत गराउँदछौं।’

एनपीएलका लागि अक्सन सम्पन्न भइसकेको छ भने अहिले विभिन्न टोलीहरूले विदेशी खेलाडीहरू अनुबन्ध गर्ने प्रकृयामा रहेका छन्।

यसअघि भने एनपीएल तिहारपछि मंसिरमा हुँदै आएको थियो। मिति तोके पनि खेलतालिका भने सार्वजनिक गरिएको छैन। यद्यपी खेल तालिकामा तिहारका महत्वपूर्ण तीन दिन खेल रोक्न सक्ने सम्भावना रहेको क्यान स्रोतले जनायो।

प्रतिक्रिया

सम्बन्धित खबर

Plugin Development: MN Softwares