ड्राइभिङ लाइसेन्समा रहेको मोबाइल नम्बर यसरी सजिलै परिवर्तन गर्न सकिन्छ

यदि तपाईंको ड्राइभिङ लाइसेन्समा दर्ता भएको मोबाइल नम्बर परिवर्तन गर्नुपर्ने भएको छ भने, अब यो काम अनलाइनबाटै गर्न सकिन्छ। तल उल्लेखित प्रक्रिया अपनाएर केही मिनेटमै नयाँ मोबाइल नम्बर अपडेट गर्न सक्नुहुन्छ।

मोबाइल नम्बर परिवर्तन गर्ने प्रक्रिया:

• सबैभन्दा पहिले आफ्नो प्रदेशको ड्राइभिङ लाइसेन्स पोर्टल खोल्नुहोस्। (उदाहरणका लागि बागमती प्रदेशका सेवाग्राहीले edlvrs.bagmati.gov.np प्रयोग गर्न सक्छन्।)

• त्यसपछि Electronic Driving License सेक्सनमा जानुहोस्।

• Driving License Details मा क्लिक गर्नुहोस्।

• आफ्नो नाम, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नम्बर र जन्ममिति भरेर Submit गर्नुहोस्।

• त्यसपछि पुरानो मोबाइल नम्बरका केही अंक देखिनेछन्। त्यसभन्दा तल Mobile Number Update गर्ने विकल्प उपलब्ध हुन्छ।

• उक्त विकल्पमा क्लिक गरी नयाँ मोबाइल नम्बर प्रविष्ट गर्नुहोस् र Update बटन थिच्नुहोस्।

• तपाईंले राखेको नयाँ नम्बरमा OTP (One-Time Password) प्राप्त हुनेछ।

• प्राप्त OTP प्रविष्ट गरेपछि तपाईंको ड्राइभिङ लाइसेन्समा नयाँ मोबाइल नम्बर सफलतापूर्वक अपडेट हुनेछ।

महत्त्वपूर्ण: OTP प्राप्त गर्न नयाँ मोबाइल नम्बर सक्रिय अवस्थामा हुनुपर्छ।

– BankeUpdate.com

प्रतिक्रिया

सम्बन्धित खबर

Plugin Development: MN Softwares