सशस्त्र प्रहरी बल नेपाल जवान तालीम शिक्षालय, नौबस्ता–बाँकेको आन्तरिक सडक स्तरोन्नतिका लागि ४२.७८ लाखको ठेक्का आह्वान

बाँके। सडक डिभिजन कार्यालय, नेपालगञ्जले सशस्त्र प्रहरी बल नेपाल जवान तालीम शिक्षालय, नौबस्ता–बाँकेको परिसरभित्रको सडक स्तरोन्नति (Upgrading Works of Road Inside the Boundary of APF Training Academy) का लागि खुला प्रतिस्पर्धात्मक विद्युतीय बोलपत्र (ई–टेन्डर) आह्वान गरेको छ।

कार्यालयले प्रकाशित सूचनाअनुसार उक्त योजनाको अनुमानित लागत रु. ४२ लाख ७८ हजार ५०६ रुपैयाँ ५१ पैसा (भ्याट तथा पीएस बाहेक) रहेको छ। बोलपत्रमा सहभागी हुन इच्छुक निर्माण व्यवसायीले रु. १ लाख १७ हजार बराबरको बोलपत्र जमानत (Bid Security) पेश गर्नुपर्नेछ भने बोलपत्र कागजात खरिद शुल्क रु. ३ हजार तोकिएको छ।

प्रकाशित सूचनाअनुसार बोलपत्र विद्युतीय प्रणाली (PPMO e-GP) मार्फत मात्र पेश गर्नुपर्नेछ। बोलपत्रको वैधता अवधि ९० दिन रहनेछ भने जमानतको वैधता बोलपत्र अवधि समाप्त भएको ३० दिनसम्म कायम रहने उल्लेख गरिएको छ।

यस सडक स्तरोन्नति कार्य सम्पन्न भएपछि सशस्त्र प्रहरी बलको जवान तालीम शिक्षालयभित्र आवतजावत सहज हुनुका साथै तालिम सञ्चालन र भौतिक पूर्वाधार व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

– BankeUpdate.com

प्रतिक्रिया

सम्बन्धित खबर

Plugin Development: MN Softwares