
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण देखिएको छ ।
बिहीबार बेलुकादेखि स्वाद र गन्ध थाहा नपाउने लक्षण देखिएपछि शुक्रबार कोरोना परीक्षण गराएको उनले बताए ।
शुक्रबार बिहान गरिएको परीक्षणमा आफूमा कोरोना संक्रमण देखिएको खड्काले आफ्नो आधिकारिक सामाजिक संजाल ट्वीटरमार्फत जानरकारी दिए ।