
१३ मंसिर,
काठमाडौं । मंसिर २७ देखि काठमाडौं महानगर भित्र सुर्ति सेवनको निमित्त उत्पादन गरिएको चुरोट, विडि, सिंगार, तमाखु, सुल्पा पलास्टिकमा प्याक गरिएका कच्चा सुर्ति, खैनि, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखे रस लिने सुर्तिजन्य पदार्थको सेवन मानव स्वास्थ्यको लागि हानिकारक हुने भएकोले सुर्तिजन्य पदार्थमा रोक लगाउने भएको छ।
मंगलबार स्वास्थ बिभाग ले सार्बजनिक सुचना जारि गर्दै१ ५ दिन पछि यो व्यवस्था लागु हुने जनायको छ । सुर्तीजन्य पदार्थको सेवनले राज्यको करोडौ रकम खर्च भैरहेको अवस्थालाई समेत दृस्टीगत गरि पहिलो चरणमा पलास्टिक को वटामा प्याकेजिंग गरीयका बस्तुहरुलाई मसिर २८ बाट पूर्ण रुपमा लागू हुने गरि पर्तिबन्ध गरियको छ । कसैले महानगरको यो सूचनालाई अवज्ञा गरि ब्रिक्री वितरण गरेको पाईएमा महानगर प्रहरी मार्फत जफत गरी ब्रिक्री बितरण गर्ने व्यवसायीलाई कानुन अनुसार अधिकतम सजाय गरिने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारीको सूचनामा उल्लेख गरिएको छ ।









