✍️बिजय काफ्ले

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख सुन्दर तिवारी घुस नखाने प्रहरी अधिकारीको रुपमा पहिचान बनाउन सफल एक प्रहरी हुन ।

तिवारीले ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको छोटो समयमा लागुऔषध कारोबारी,ब्यवसायिक रुपमा संचालित यौन ब्यवसाय र बलात्कार जस्ता जघन्य अपराधमा सम्लग्न ब्यक्ती तथा गिरोह लाई कानुनी दाएरामा ल्याइ भटाभट पक्राउ गरेपछी कोहलपुरका जनताले कानुनको र प्रहरिको महसुस हुन थालेको बाँके अपडेट लाई बताएका छन ।

कोहलपुर प्रहरी लाई यौन ब्यवसाय संचालन हुदा समेत मौन बसेको आरोप सधै जसो लाग्ने गर्दथ्यो तर डिएसपि तिवारिको आगमन सङै अधिकांस तस्कर र देह ब्यापार संचालकहरु प्रहरी कटघारामा परेपछि अहिले कोहलपुर प्रहरीले जनताको प्रहरी भन्दै हाइ हाइ कमाएको छ ।

पछिल्लो समय प्रहरिहरु बिबादमा परिरहदा तिवारि एक कुशल प्रहरी प्रशासकको रुपमा देखिँदा प्रहरी संगठन भित्र नै डिएसपी तिवारीको चर्चा चुलिएको देखिन्छ ।

यस अघि तिवारी प्रहरी संगठनको जिम्मेवार र फरक स्थानमा रहि सफलता पुर्बक काम गरेको र उनको आगमन सङै राष्ट्रभक्त प्रहरीहरुमा आशाका किरण जाग्ने उनकै सहकर्मिहरु बताउछन ।उनका एक सहकर्मीका अनुसार “घुस खानेहरु र घुसका कुरा गर्नेहरु मेरो वरिपरि पनि पर्न पर्दैन ” भन्दै आफ्ना मातहतका प्रहरी कर्मचारी लाई हर्कार्ने समेत गर्ने गरेको बताउछ्न । सङ सङै सेटिङ मिलाउन खप्पिस मानिने प्रहरि भित्रकै बिचौलिहरुको समेत झोला कुम्लो बोक्न बाध्य बनाएको स्रोतको जिकिर छ ।

त्यसैगरी कोहलपुरमा मुद्दा  मिलाउछु भन्दै पैसा असुली गर्ने एक गिरोह नै रहेको थियो । उक्त गिरोह अहिले कोहलपुर प्रहरी बाट भागाभाग गरिरहेको जानकारहरु बताउछन । प्रहरी लाई “आफ्नो मुठीमा रहेको” बताउनेहरु अहिले तिवारी आगमन सङै गुमनाम रहेको बुझिन्छ ।

कुशल प्रहरी प्रशासन हुदा जनताको मनोबल वृद्धि हुनुको साथै सामाजिक सुरक्षामा कायम रहन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख