बैशाख-२४,
✍️बिजय काफ्ले

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले जनताको स्वास्थ माथी खेलबाड सङै लुट मच्चाएको छ ।

विभिन्न खालका प्रमाणको आधार हुदा समेत नेपालगन्ज मेडिकल कलेज पैसा र राजनीतिक आडमा माफियागिरी मच्चाएको छ  तर स्थानीय निकाय, प्रहरी ,प्रशासन सबै मौन छन ।

परिवार र आफन्तको कोरोना पोजेटिभ आउदा र आफुमा समेत केही समस्या देखिएकाले  ५ दिन अघि कोरोना चेक गरेको  तर यो समाचार तयार पार्दा सम्म अझै रिपोर्ट न आउदा कोहलपुर निवासी एक युवा अन्योलमा परेका छन । उक्त युवा भन्छन “परिवार आफन्तमा धेरै जसोमा पोजेटिभ देखिएको छ, मलाइ पनि समस्या भएको छ  तर ५ दिन भैसक्यो अझै रिपोर्ट आएको छैन । अस्पतालमा फोन गर्दा भोलि भोलि भन्ने जबाफ आउँछ” । नेपाल सरकारले pcr रिपोर्ट सक्दो छिटो दिने भनेको छ भने उक्त नियमको ठाडो  उल्लङघन पनि हो यो । यसरी परिवार र अफन्तमा कोरोना पोजेटिभ आउदा समेत बिरामीको रिपोर्ट ५ दिन सम्म नदिनु सिधै स्वास्थ माथीको खेलबाड र लापरबाही हो ।

त्यसै गरि कोहलपुर निवासी अर्का युवाले आफ्न्तक PCR चेक २०७८ बैशाख २० गते गरेको थियो तर  आज २४ गते भैसक्दा समेत अझै रिपोर्ट नआउदा बिरामी माथी अझ प्रतिकुल आसर परेको भन्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल मा निबेदन नै दर्ता गरेका छन । तर उक्त निबेदको कुनै सुनुवाइ भएको छ न त कुनै काम कार्बाही नै अघाडी बढाएको छ । नेपाल सरकारको स्वास्थ्य मापदण्डको ठाडो उल्लंघन र जनताको स्वास्थ माथी खेलबाड गर्दा समेत सम्पुर्ण निकाय मौन देखिन्छ्न  ।

स्रोतको अनुसार आफू विरुद्ध बोल्ने सबैलाई आर्थिक रुपमा किनेको र स्थानीय स्तर देखि माथी मन्त्रालय सम्म नै सेटिङ रहेका कारण नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले जनताको स्वास्थ माथी खेलबाड गर्दा समेत सम्पूर्ण बाकेका र समन्धित क्षेत्रका निकाय मौन देखिन्छन । कोहलपुरका जनप्रतिनिधि,जनस्वास्थ्य कार्यालय, प्रहरि  र सिडियो लाई यस बिषयमा सामान्य जानकारी नभएको भने हैन ।

स्रोतका अनुसार तर सिडियो को पहुच भन्दा बाहिर रहेको र कुनै कार्बाही गर्न खोजे माथिल्लो निकाय बाट दबाब आउने हुदा कुनै तह र तप्काबाट कार्बाही भएको पाईदैन । अनुगमन गर्ने समेत हिम्मत राख्दैनन बाकेका प्रशासकहरु यदि अनुगमन गरेता पनि; न कुनै कार्बाही न त कुनै सुधार नै हुन्छ ।

त्यसै गरि लुटको रुपमा समान्य रुपमा पाइने 3ml को सिरिन्ज बजार मूल्य ५ रुपैया हो तर उक्त शिक्षण अस्पतालले १० रुपैया प्रती पिस बेच्दै आएको छ । नेपाल सरकारको स्वास्थ्य सामग्री खरिब बिक्री मापदण्ड अनुसार खरिद मुल्यमा २०% सम्म नाफा गरि बेच्न सकिने प्रबधान रहेता पनि सरकारको नियमको ठाडो उल्लंघन गर्दै दोब्बर मूल्य अर्थात १००% फाइदा लिदै जनता लाई लुटेको पाइएको छ । उक्त सिरिन्जको थोक मूल्य ३ रुपैया केही पैसा पर्न जान्छ । उक्त मेडिकल कलेजमा दैनिक करिब १००० पिस भन्दा बडि सिरिन्ज मात्र प्रयोगमा आउने गर्छ । करिब ५००० भन्दा बाडी सिरिन्ज बाट नै जनताको पैसा असुलेको छ । स्थानीय फार्मेसीहरु समेत यस बिषयमा चिन्तित छ्न ।जटिल ठानियका बिरामि र सोझा परिवार लाई बहिर निस्किन नदिन, अनेक उपाय लगाइ भित्र नै औषधि किन्न बाध्य पार्ने र महगो मुल्यमा औषधि बेच्ने गरेको स्रोतको भनाइ सहित प्रमाण हामी सङ सुरक्षित छ ।

सिरिन्ज मात्र नभइ सामान्य सर्जिकल ग्लोप्स(पन्जा) समान्य फार्मेसी लाई २२ देखि २५ रुपैयाँ सम्म पर्ने गर्छ र त्यसमा २०% फाइदा लिएर बेच्दा समेत अधिकतम ३० रुपैयाँ सम्म बेच्न सकिन्छ तर सोही कम्पनीको ग्लोप्स बजार मा पाइने मुल्य भन्दा करिब दोब्बर मुल्यमा ४० देखि ६० रुपैया सम्म मेडिलक कलेजले भित्र बाट अफै बेचेर कालो बजारी र लुट मच्चाएको छ ।  दैनिक करिब २००० पिस ग्लोप्स खपत हुने उक्त शिक्षण अस्पतालमा दोब्बर फाइदा लिएर ५० मा बेच्दा वा कालोबजारी गर्दा  समेत करिब ५०,०००/-(पचास हजार ) रुपैयाँको फाइदा बाहेक ग्लोप्स बाट मात्र पैसा लुट्ने गरेको आकडा देखिन्छ । यो  दुई प्रतिनिधि मुलक मूल्य र घटना हो । यस्ता कयौ घटना तथा भित्र भित्र नै सेटिङमा मिल्ने हुदा सम्पुर्ण निकाय तै चुप मै चुपको अबस्थामा छन ।  यस शिक्षण अस्पतालमा निकायहरु बाट कुनै चेक जाच, अनुगमन र निगरानी नहुदा माफियापन बाढेर गएको छ ।

मेडिकल कलेजले हाइ हाइ पाउन ३०० बेड बैशाख २० गते सम्म कोबिड बेड राख्ने घोषणा गरेता पनि १३३ बेड भन्दा बडि संचालनमा ल्यएको छैन । अस्पताल प्राङ्गणमा बिरामि आउदा अस्ति मात्र १ घण्टा बेड नपाउँदा बिरामी छटपटिएर गेटमा नै निधन भयो । कस्को लापरबाही वा यस बिषयमा को जिम्मेवार हुने? उक्त बिरामिले बेड वा उपचार नपायर मर्दा कस्को लापरबाही ? यस्लाइ मृत्यु भन्ने कि सरकारले र मेडिकले गरेको हत्या वा नालायक पन ? अझ अब बिरामी भर्ना लिन नसकिने भन्दै हिजो बिज्ञप्ति नै निकाल्छन अस्पताल प्रशासन ।

त्यसैगरि कोरोना बिरामीका लागि उपयोगी मानिएको रेम्डिसिभिर इन्जेक्सन मूल्य करिब ५ हजार जति पर्न जान्छ । एक ब्यक्ती बिरामीका आफन्त लाई उक्त इन्जेक्सन चाहियो भन्दा करिब ३० हजार देखि ३५ हजार सम्म किन्ने भने दिन्छु भन्दै मेडिकल भित्र बाट नै डिल गर्ने गरेको र पैसका अभाब रहेको कारण हाम्रा स्रोत उक्त इन्जेक्सन नलिएर फर्किन्छ्न ।

उच्च निकाय सङको सेटिङका कारण “समाचार आउछन जान्छ” भन्ने खालको मेडिकल भित्रका अधिकारि बाट सुन्ने गरिन्छ । समाचार आइसके पछि उक्त समाचार माथी छानबिन हुनु जरुरि छ ।अन्यथा जो कोहि माफिया भएता पनि सहजै उम्कने गर्छन ।

यसरी कोरोना महामारी बिच जनता को स्वास्थ्य माथी खेलबाड गर्ने अधिकार कसैलाइ छैन । यस्ता गैर कानुनी काम गर्ने संचालक र मेडिकल माथी कडा भन्दा कडा कार्बाबि हुनु जरुरी छ । र यस्ता बिषयमा आम जनता समेत जागरूक हुनु जरुरी देखिन्छ ।

नोट : हामी सङ सम्पुर्ण प्रमाण सुरक्षित छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित ख