
२८ असार,
दाङस्थित घोराहीमा एक युवकले चक्कु प्रहार गरि गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
घाईते हुनेमा दाङ घोराहीका दामोदर पौडेल रहेका छन् । भने चक्कु प्रहार गर्ने हाल फरार भई खोज तलास भइरहेको प्रहरिले जनाएको छ ।
प्रहरीका अनुसार, सोमबार आज २८ गते करिव ८ः३० बजे जिल्ला दाङ घोराहीमा घर भई उ.प.मा.न.पा १५ स्थित मित्रनगर बस्ने बर्ष ६० का दामोदर पौडेललाई घोराहीस्थित उ.प.मा.न.पा १४ झिङ्गगौरा भन्ने स्थानमा मनिङ्ग वाक गर्न गएको अवस्थामा नामथर वतन नखुलेको अन्दाजी बर्ष २१÷२२ को व्यक्तिले पैसा मागेको र पैसा छैन भनेपछि पेटमा चक्कु प्रहार गरी घाइते बनाएको हो ।
घाइतेलाई स्थानिले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाई उपचार भैईरहेको छ ।