
१ वैशाख,
बाँके । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रोल्पा थवाङ गाउँपालिका–९ निवासी २७ वर्षीय किरण बुढा रहेका छन्। उनको साथबाट NITRAZEPAM 10 mg का १०० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, कोहलपुर नगरपालिका–१० निवासी २४ वर्षीय सुदिप रैदासको साथबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ७०० मिलिग्राम र डुडुवा गाउँपालिका–५ निवासी ३२ वर्षीय हिरालाल सुनारको साथबाट २ ग्राम ७९० मिलिग्राम बरामद गरिएको छ।
पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रमेश बिष्टले जानकारी दिएका छन्।









