
१ वैशाख,
बाँके । सशस्त्र प्रहरी बलमा कार्यरत सहायक निरीक्षक (असई) निम दिकि शेर्पाले लोबुचे हिमालको सफलता पूर्वक आरोहण गरेकी छन् । नयाँ वर्ष २०८३ को पहिलो दिन उनले ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गरेकी हुन् । बिहान ८ बजेर ५७ मिनेटमा उनले लोबुचे हिमालको चुचुरोमा पाइला टेकेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
सशस्त्र प्रहरीको पहिलो महिला जुनियर अधिकृतको रूपमा विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने अभियानको क्रममा उनले आज लोबुचेको सफल आरोहण गरेकी हुने । उनले ल्होत्से हिमाल पनि चढ्ने तयारी गरिरहेकी छन् ।
शेर्पा सशस्त्र प्रहरीको इतिहासमा सगरमाथा चढ्ने पहिलो महिला जुनियर अधिकृतको पहिचान बनाउने दौडमा छिन् ।
सशस्त्रबाट यसअघि डीएसपी सुरज पौडेल र सई दन्तबहादुर छन्त्यालले सगरमाथाको चुचुरोमा पुगेर सङ्गठन र देशको नाम उँचो बनाएका छन् । अब, पुरुषतर्फको सफलतालाई पछ्याउँदै महिला अधिकृतको रूपमा निम दिकिले सगरमाथाको शिखर चुम्दै नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ।











