जेष्ठ-१२,काठमाडौ।
✍️बिजय काफ्ले

नेपाल एक भारत र चीन सङ सिमा जोडिएको भौगोलिक हिसाबमा एक सानो मुलुक  तर प्राकृतिक रुपमा धनी मुलुक हो । नेपालको विभिन्न राजनीतिक परिवर्तन तथा घटना क्रममा भारतको हात रहेको भन्ने विभिन्न घटनाक्रमले प्रष्ट पारेको छ भने पछिल्लो समय पाकिस्तानि खुफिया एजेन्सी समेत क्रियासिल रहेको जनाइएको छ ।

नेपालमा अहिले राजनीति अस्थिरता बढे सङै भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपाल प्रमुख राघव प्रसाद भट्नागर काठमाडौं आएका थिए । नेपालमा राजनीतिक संकट बढ्दै गएपछि ‘रअ’ का नेपाल हेर्ने स्थायी कर्मचारी पनि नेपाल आएको स्रोतले जनाएको छ । जब नेपालमा कुनै राजनीतिक अफ्ठ्यारो परिस्थिति सिर्जना हुन्छ; तब भारतबाट अप्रत्यक्ष रुपमा कुटनितिक खेल ‘रअ’ को माध्यम बाट खेल्ने गरिन्छ ।

भरतको ‘रअ’ का केही आधिकारिक ब्यक्ती नेपालमा नै बस्ने गरेको स्रोतको भनाइ छ । नेपालमा बस्ने एजेन्सीले नै  पैसा र पावरको प्रलोभन दिदै उच्च राजनितिक ब्यक्ती तथा आवश्यक सम्पुर्ण तह र तप्कामा रहेका ब्यक्तीलाई आफ्नो हात लिदै ठुला परिवर्तनको आन्दोलनमा ‘रअ’ ले हालीमुहानी गर्ने गरेको स्रोतको दाबि छ ।

भारतिय केही नेताहरुले नेपालका प्रधानमन्त्री केपि ओलि लाई नै प्रधानमन्त्री बनाउन चाहेको भारतका एक प्रतिष्ठित नेताले आफ्नो टुइटरमा समेत लेखेका थिए । त्यसरी पनि प्रष्ट हुन्छ कि भारतकै इसारामा नेपालको राजनीति टिकेको छ । ‘रअ’ को नेपाली राजनितीम नजानिदो तरिकाले सक्रियता बढेर गएको पाइन्छ ।

भारतको चाहाना अनुरुप प्रधानमन्त्री ओलिले नागरिककता बिधेयक पास गराउन कै लागि उनलाइ हालसम्म भारतले ‘रअ’ को माध्यमबाट सहयोग गरेको स्रोतको दाबी छ ।  पछिल्लो समय राजनीतिक तवरमा  नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल ‘प्रचण्ड’ र भारतको समन्ध समेत चिसिएको खबर छ ।चिनियाँ पार्टी सङ समन्ध नजिकिएकाले र केही नेपालका आन्तरिक राजनीति बिषयमा प्रचण्डको जिद्दीपनले गर्दा भारतले प्रचण्ड लाई साथ नदिएको समेत स्रोतले जनाएको छ ।

उच्च स्तरका राजनीतिज्ञहरुले विभिन्न संचार माध्यमहरु सङको कुराकानीमा भनेका छन कि नेपाली राजनितीमा सोझै बाहिरी हस्ताक्षप भएको छ  । तर नेपालको गुप्तचर निकाएको नामले चिनिने राष्ट्रिय अनुसन्धान बिभाग(रा.अ.) बेखबर झै देखिन्छ । केपि शर्मा ओलि प्रधानमन्त्री हुनु भन्दा आघि गृह मन्त्रालय मातहतमा रहेको  रा.अ. अहिले प्रधानमन्त्री मातहत रहेको छ  । तर पनि नेपालको संबिधानले पनि उक्त बिभागको सम्पूर्ण अधिकार कटौती गरि नामको मात्र संस्था  झै बनाएको देखिन्छ । यस नेपाली गुप्तचर निकाय बलियो भएमा बिदेशी गुप्तचर एजेन्सी नेपालमा हालीमुहाली गर्न नपाउने हुदा; बेदेश बाट नै परिचालित सरकारले यस बिभागलाई गतिलो अधिकार नदिएको बुझ्न सकिन्छ ।

यसैगरि नेपाल लाइ विभिन्न देशको ट्रान्जिट पोइन्टको रुपमा पनि लिने गरिन्छ । नेपालमा पैसा र पावर प्राप्तिका निमित्त बिदेशीसङ बिशेषगरि नेताहरु सरण पर्ने गरेको समेत धेरै जानकारहरु बताउछन । स्रोतका अनुसार नेपालका केही पार्टीहरु ‘रअ’ को फण्डिङ बाट चल्छ भने पछिल्लो समय निकै ठूलो रकम खर्च गर्दै पाकिस्तानी खुफिया एजेन्सी(ISI) ले नेपाली राजनितीका अग्रपंक्तिमा रहेका नेतालाइ हातमा लिदै ISI को  व्यापक एजेन्टहरु तयार गरेको स्रोतको भनाइ छ । पाकिस्तानी एजेन्टहरु समेत ब्यापक मात्रामा विभिन्न भेशना खटिएको स्रोतले जनाइएको छ  ।

भारतीय ‘रअ’ का एजेन्ट हजारौं को मात्रमा विभिन्न भेस र स्तरमा छन भने पाकिस्तानी ‘ISI’ एजेन्ट समेत करिब हजारको संख्यामा सकृय रहेको एक अध्यानले बताएको छ। भारत सङ पाकिस्तानको समन्ध नराम्रो भएकै कारण भारत बिरोधि गतिविधि गर्न सहज हुने हुदा पाकिस्तानले नेपालका कयौ बिद्दिजिबी,नेता आदि लाई खरिद गरेको जनाइएको छ ।

त्यसैगरि अमेरिकामा खबर पुर्याउन नेपाल स्थित अमेरिकी दूतावास बाट केही नेपालका संसद समेत हातमा लिएको स्रोतको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित ख