
श्रावण-८,बाँके
बाँकेको कोहलपुरमा अस्थायी बसोबास गर्दै आएका नेपालगन्ज स्थित बाँके गाउँ स्थाइ घर भएका एक युवा बेपत्ता भएका छन ।
श्रावण ३ गते कार्यालय जान्छु भन्दै घर बाट हिडेका सौरभ महतरा नाम गरेका युवा बेपत्ता भएको उनकी श्रीमति भुमिका रावतले बाँके अपडेट मिडिया लाई जानकारी दिदै मिडियाको माध्यम बाट खोज तलासमा सहयोग पुर्याउन अनुरोध समेत गरेकी छन ।
श्रीमति रावतका अनुसार “हामी दुबै कोहलपुरमा फरक फरक कार्यालयमा काम गर्थ्यौ । तर केही दिन आघी मात्र मैले दुबै जनाको सहमतिमा गरिरहेको जागिर छोडेर बसेको थिए । तर ३ गते अफिसको छुटेका केही काम मिलाउन म अफिस गएको थिए । आफ्नो अफिसको काम सकेर उहाँ लाई ३ गते दिउँसो २ बजे फोन गर्दा फोन लगेन फेरि बारम्बार फोन गरे । फोन नलगे पछि उहाँको साथीहरु लाई फोन गर्दा उहाँले पनि गत असार ३१ गते नै जागिर बाट राजिनामा दिनु भएको रहेछ । जुन कुरा मलाई अत्तो पत्तो समेत थिएन । झन म आत्तिए । अफिस कै एक कर्मचारी लाई कोहलपुर चौराह सम्म छोड्न लगाएको भन्ने खबर सुने ! त्यस पछि मैले त्यो दिन फोन सम्पर्क गर्न पर्ने सबै ठाउमा गरे तर कहि कतै केही फेला परिन ।”
त्यसपछि , भोलिपल्ट ४ गते ईलाका प्रहरी कार्यालय कोहलपुर मा मानिस हराएको भन्दै निबेदन दिएको बाँके अपडेट लाई जानकारी दिइन । आज ५ दिन भैसक्दा कुनै माध्यम बाट सम्पर्कमा नआउदा कतै अपहरण होकि ? या स्वैच्छिक तरिकाले कतै हिडेको भन्ने बिषयमा परिवारजन सबै चिन्तित देखिन्छन भने श्रीमति रावत समेत निकै पिडामा देखिन्छन ।
बेपत्ता भएको श्रीमानको एक कल आए पुग्छ मलाई भन्दै बाँके अपडेट सङ भक्कानिदै भनिन ।
यसरी प्रेम समन्ध बाट वैवाहिक जिवनमा बाधिएका रावत र महतरा अहिले समपर्क बिहिन छन । ईलाका प्रहरी कार्यालय खोजी कार्यमा लागेको डिएसपि रबिन्द्र खनालले बाँके अपडेट लाई बताए ।
यो अपहरण हो या स्वच्छाले भागेको भन्ने बिषयमा प्रहरीले समेत कुनै पनि आधिकारिक धारण राखेको छैन ।
हराएका युवाको हुलिया निम्न अनुसार छ । कहि कतै देख्नु हुने मानुभाबले नजिकको प्रहरी चौकीमा खबर गरि सहयोग गरिन दिनु अनुरोध गर्दछौ ।
उचाई – करिब ५.५ फिट
वर्ण – गोरो
उमेर – २३ बर्ष
तस्बिर :-