५ बैशाख,

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत निकायले चैत महिनामा अपराध नियन्त्रण, शान्ति सुरक्षा र सेवा प्रवाहतर्फ उल्लेखनीय गतिविधि गरेको जनाएको छ। सार्वजनिक गरिएको प्रगति विवरणअनुसार उक्त अवधिमा विभिन्न क्षेत्रहरूमा सक्रियता बढाइएको देखिएको छ।

अपराध अनुसन्धानतर्फ चैत महिनामा कुल २०१ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये जघन्य तथा गम्भीर अपराध ९/६० वटा, सामान्य अपराध १३२ वटा तथा आर्थिक अपराध ५६ वटा रहेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १२ वटा मुद्दामा १४ जना पक्राउ परेका छन्। साथै, चालु मुद्दाका १७१ प्रतिवादी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

फैसला कार्यान्वयनतर्फ ६२ जना पक्राउ परेका छन् भने १९ वर्ष १ महिना २४ दिन कैद असुल गरिएको छ। त्यस्तै २८ लाख ८९ हजार २८० रुपैयाँ बिगो तथा क्षतिपूर्ति असुल गरिएको छ।

महिला तथा बालबालिका सम्बन्धी १०३ उजुरीमध्ये ८२ वटा फछ्र्यौट गरिएको छ भने २१ वटा बाँकी रहेका छन्। घरेलु हिंसाका ६८ उजुरीमध्ये ५२ वटा मिलापत्र वा अदालतमार्फत टुंगो लगाइएको छ।

लागुऔषध नियन्त्रणतर्फ २२ मुद्दा दर्ता भई ४३ जना पक्राउ परेका छन्। प्रहरीले १९३ ग्रामभन्दा बढी ब्राउनसुगर, ४ किलोभन्दा बढी गाँजा, ५१२ क्याप्सुल ट्रामाडोल र १८८ ट्याब्लेट नाइट्राजेपाम बरामद गरेको छ।

चैत महिनामा ११ वटा आत्महत्या घटनामा ७ पुरुष र ४ महिला रहेका छन्। अधिकांश घटना २६–३५ उमेर समूहमा देखिएको प्रहरीले जनाएको छ।

सवारी दुर्घटनातर्फ ३६ घटनामा ७ जनाको मृत्यु र ४४ जना घाइते भएका छन्। तीमध्ये अधिकांश दुर्घटना तीव्र गति कारण भएको उल्लेख गरिएको छ।

राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणमा ३१ लाख २७ हजारभन्दा बढीका सामान बरामद गरिएको छ भने ३ जना पक्राउ परेका छन्। त्यस्तै ९ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ।

प्रहरीले चैत महिनामा ९४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी २ हजारभन्दा बढी नागरिकलाई सहभागी गराएको जनाएको छ। विद्यालय तथा समुदाय लक्षित कार्यक्रममार्फत लागूऔषध दुव्र्यसन नियन्त्रणमा जोड दिइएको छ।

यस अवधिमा १ कटुवा पेस्तोलसहित ४ जनालाई नियन्त्रणमा लिइएको छ भने प्राकृतिक स्रोत दोहन नियन्त्रणमा २१ सवारी साधन कारबाहीमा परेका छन्।

प्रहरीका अनुसार समुदाय–प्रहरी साझेदारीलाई सुदृढ गर्दै आगामी दिनमा अपराध न्यूनीकरण र सेवा प्रवाहलाई थप प्रभावकारी बनाइनेछ।

प्रतिक्रिया

सम्बन्धित ख