१ बैशाख,

बाँके — नेपालगञ्ज उप–महानगरपालिका–१२ कोरियनपुरस्थित सडकमा २२ वर्षीया सृजना बुढा मगरको जली मृत्यु भएको घटनामा थप दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घटनामा संलग्न मुख्य अभियुक्त मो. आरिफ ढपाली फरार रहेका बेला उनका बुवा र भाइलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा वर्ष ५० का रहमद ढपाली र वर्ष २१ का मो. आदिल ढपाली रहेका छन्।

उक्त घटना मिति २०८२ चैत १४ गते राति करिब २३:३५ बजे भएको थियो। मृतकका परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। यसअघि नै मुख्य अभियुक्तका आमा र दिदीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक रमेश बिष्टका अनुसार फरार रहेका अन्य अभियुक्तको खोजी कार्य जारी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित ख