
सुसीला रेग्मी
सशस्त्र प्रहरी बल प्रधान कार्यालयले तीन महिनादेखि बिना सूचना ड्युटीमा उपस्थित नभएका (सात)७कर्मचारी लाई सात दिन भित्र हाजिर हुन आउन सूचना जारी गरेको छ । जसमध्ये दुई जना सशस्त्र प्रहरीसहायक हवलदार र ५ जना जवान छन् । उनीहरूलाई सात दिन भित्र सन्तोष जनक जवाफसहित कार्यालयमाहाजिर हुन नआए नोकरीबाट हटाइने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले चेतावनी दिइएको छ ।
हाजिर हुन नजानेहरू मा सशस्त्र प्रहरी बल नेपालको ३ नम्बर गणका जवान लक्ष्मण लिम्बु, २७ नम्बर गणकपिल खत्री, २१ नम्बर गण पूर्ण बहादुर तामाङ, १७ नम्बर गणका केशर बहादुर विष्ट, ४९ नम्बर गुल्मका नरसाउद, २९ नम्बर गणका सहायक प्रहरी हवलदार प्रतीक बिक र पशुपतिनाथ बाहिनी मुख्यालयका सहायकहवलदार बिराज घिमिरे छन् ।‘यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफू गैरहाजिर रहनुको कारणखोली सन्तोषजनक स्पष्टीकरण सहित कार्यालयमा हाजिर हुन आउनु होला,’ सूचनामा भनिएको छ, ‘अन्यथासशस्त्र प्रहरी नियमावली २०७२ को बमोजिम कारबाही हुनेछ सशस्त्र प्रहरी बल नेपाल ले जान्कारी दीयको छ ।









