सुनको मुल्य बढ्यो, चाँदीको घट्यो

९ असार,

बाँके । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । भने चाँदीको घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला २ सयले बढेर ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा र चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खबर

Plugin Development: MN Softwares