
कास्की जिल्लाको पोखरा महानगरपालिका १३काहुँखोला साझा स्थित बिजयपुर खोलामा फसेका चारजनाको साउन १३ गते राती सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।निर्माणधीन पानी ट्याङ्की बोरिङ्गकोप्रतिक्षालयमा बसिरहेको अवस्थामा
अविरल वर्षाको कारण एक्कासी आएको बाढिमा सोही ठाउँ बस्ने २३ वर्षिय प्रेम
सुनार, ४० वर्षिय सुदिप गुरुङ्ग, २८ वर्षिय अर्जुुन वि.क. र १९ वर्षिय
क्षितिज नेपाली फसेका थिए ।
सो बारे जानकारी पाउनासाथ नं. २४ कालिका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली तत्कालैखटिई उनीहरुको सकुशल उद्वार गरेको सशस्त्र प्रहरी ले जनायको छ।









