३० चैत्र,

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–९ मा आइतबार अपराह्न भएको आक्रमणमा एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको कालिकामाई गाउँपालिका–१ निवासी २७ वर्षीय विकास चौरसिया रहेका छन्।

सप्तरी दरबन्दीमा कार्यरत नेपाल प्रहरीका जवान चौरसिया बिदामा घर आएका बेला केही युवकहरूको समूहले लक्षित गरी आक्रमण गरेको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आक्रमणकारीहरूले धारिलो हतियार प्रयोग गरी निर्घात कुटपिट गरेका थिए। अचेत अवस्थामा रहेका चौरसियालाई तत्काल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रारम्भिक अनुसन्धान अनुसार रौतहट घर भएका एक परिवारले डेरा लिएको कोठामा सामान्य विवादबाट सुरु भएको झगडा उग्र बन्दै जाँदा घटना भएको बताइएको छ।

घटनामा संलग्न चार जनालाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा तीन पुरुष र एक महिला रहेका छन्।

मृतकको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ। घटनाको कारण र संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख