२९ चैत्र,

बाँके । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज साँझ प्रधानमन्त्री शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

शाहको धनुषामा १.२ बिघा र काठमाडौंमा ५ आना जग्गा (घरसहित) रहेको छ। त्यस्तै महोत्तरीमा ९ बिघा जमिन रहेको छ। उक्त जग्गा बुवा रामनारायण साहको नाममा रहेको पनि विवरणमा उल्लेख छ।

त्यस्तै पैतृक सम्पत्तिबाट प्राप्त भनेर पत्नी सविना काफ्लेको नाममा १९० तोला सुनचाँदी देखाइएको छ। त्यस्तै बैंकमा प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख रुपैयाँ बचत रहेको छ।

उक्त आम्दानीको स्रोत भने सामाजिक सञ्जालहरू फेसबुक, युट्युब, टिकटक, स्पटीफाईलगायत बताइएको छ। शाहको फेसबुकमा ४० लाख,  युट्युबमा १२ लाख र एक्समा ५ लाख फलोअर रहेको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख