
✍️बिजय काफ्ले
बाँके क्षेत्र १ बाट नेकपा एमाले ले संघिय संसदमा आफ्ना नेताहरुको नाम सिफारिस गरेको छ ।
आज बसेको बैठकले सङ्घिय संसदको लागि प्रत्यक्ष तर्फ ४ जनाको नाम सिफारिस गरेको हो । भने समानुपातिक तर्फ ३ जनाको नाम सिफारिस गरेको छ।
जसमा प्रत्यक्ष तर्फ सुर्य ढकाल,बलराम भट्टराई,देवराज भार,पुजन विक को नाम सिफारिसमा परेको छ । भने समानुपातिकमा भारती खनाल, भगवति बराल, देबि प्रसाद पाण्डे रहेका छन ।
बाँके क्षेत्र नम्बर १ मा प्रयक्ष तर्फ सिफारिस परेका मध्य कस्को सम्भावना कति भनेर एमाले कै नेता कार्यकर्ताको अनुसार सुर्य ढकाल र बलराम भट्टराई को सम्भावना बढी रहेको बताइन्छ ।
देबराज भार यस अघि पनि सङ्घिय निर्वाचनमा होमिदै जित हिसिल गरेका नेता हुन । तसर्थ उनिमाथी नया नेता लाई पालो दिन पर्ने पार्टीका युवा नेताहरुको दबाब रहेको बुझिन्छ ।
त्यसैगरी पार्टीमा पुजन बिक समेत बलियो उमेदवार को रुपमा रहेता पनि उनी सुर्य ढकाल निकट रहेको बुझिन्छ । नेता ढकाल आफू विवादमा आएमा सिफारिस उम्मेद्बार मध्य बाट नै आफ्नो समर्थन जुटाउन पुजन बिक लाई अघि सारिएको एमाले स्रोत बताउछ । यदि प्रतिस्पर्धामा नै जाने हो भने पुजले बिक ले सुर्य ढकाल लाई समर्थ गर्ने देखिन्छ ।
यस्तै सुर्य ढकाल लाई पार्टी पङ्तिको एक दबाब रहेको बुझिन्छ । उनि केन्द्रिय सदस्य र बाके जिल्ला इन्चार्ज रहेको बेलामा बाँकेमा आज सम्मकै लज्जास्पद हार नेकपा एमालेले बेहोर्नु परेको थियो । यसमा सुर्य ढकालको कमजोरि रहेको नेकपा एमाले भित्र नै असन्तुष्ट रहेको र पार्टीले समेत कार्बाही गर्ने धारणा राखेको बुझिन्छ ।
यसरी बाके जिल्ला इन्चार्ज हुदा जिल्ला भरिको स्थानीय तहमा नै जित शुन्यमा पुगेको हुदा सुर्य ढकाल पार्टीमै बिबादित नेताको रुपमा मानिन्छन । तसर्थ उनको संभावना केही घटेको देखिन्छ ।
त्यसैगरि कोहलपुरका पछिल्लो समय युवा नेता प्रखर बक्ताको रुपमा नेता बलराम भट्टराई लाई चिनिन्छ । उनको युवा अवस्था देखि नै राजनितिक लगाबका कारण आज सम्म उनी राजनीतिमा अब्बल नेताको रुपमा छवि बनाउन सफल छन ।
पद्को कुनै लोभ नभएका एमलेका लोकप्रिय नेता बलराम भट्टराई ले पार्टी प्रती सधै बफादार भइ जनता को मनमा बसेको कुरा स्वयम् जनताले महसुस गरेको कुरा हो ।
नेकपा एमाले को जिल्ला कमिटी सचिबालय सदस्य तथा बाँके क्षेत्र न १ को सयोजक बलराम भट्टराई अहिले सघिय सभा निर्वाचन को प्रबल दाबेदार को रूपमा हेरिएको नेतामा बलियो उम्मेद्बार मानिन्छन ।
भट्टराई भन्छन यदि मैले टिकट पाए र जनताले मलाइ जिताउनु हुन्छ भने आफू सधै जनताको घर आगन मा बसेर जनताको लागि सधै दत्तचित्त भएर लागिरहने समेत बताए ।
तसर्थ पार्टीको छबि र जनताकोमनमा बस्न सफल ब्यक्ति भट्टराई नै अहिलेको निकै बलियो उमेदवारको रुपमा रहेको कुरा पार्टी स्रोत बताउछ भने उक्त कुरा माथी उल्लेखित कुरा बाट विश्लेषण गर्न सकिन्छ ।






