
१० फागुन,
बाँके । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार बढेको छ ।
नेप्से २७१८.५१ अङ्कबाट सुरु भएको बजारमा अन्तिम समयसम्म १७.४२ अंकले बढ्दै २७३५.९१ पुगेको हो ।
यस दिन म्यानु एण्ड प्रो र लगानी बाहेक सबै सूचकहरू धनात्मक भएका छन् ।
अदर्स समूहको उपसूचक अधिकतम १.९८ प्रतिशतले बढेको छ भने, फाइनान्स समूहको १.९१ प्रतिशतले, डेभलपमेन्ट बैंक १.५१ प्रतिशतले र नन् लाइफ इन्स्योरेन्स समूहको उपसूचक १.०५ प्रतिशतले बढेको छ ।
अन्य उपसूचकहरू भने १ प्रतिशतभन्दा कमले बढेका छन् । तर, १७ अंक माथिले बढेको बजारमा आज ३ अर्ब २१ करोड २८ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।






