
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लि. केन्द्रीय कार्यालय, कौशलटार, भक्तपुर भई भक्तपुर जिल्लाभित्रका सहकारीका शाखा कार्यालयहरुमा निक्षेपकर्ता सदस्यहरुले उक्त संस्थामा बचत तथा मुद्दती खाताखोली जम्मा गरेको रकमको साँवा तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधी पुगीसकेपछी खाताबाटरकम झिक्नको लागि पटक–पटक ताकेता गर्दा पनि फिर्ता नपाएकोले आफ्नो निक्षेप जोखिममा रहेको ठानीसम्बन्धीत संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समय देखि पटक पटक ध्यानाकर्षण गराउँदासमेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराईदिने तर्फ आवश्यक पहल नगरेकोतथा उक्त बचतकर्ताहरुको बचत रकम अपचलन गरि सहकारी संस्थाका संचालकहरुले सुनियोजित रुपमाआफु र आफनो परिवारको नाममा संचालित विभिन्न व्यवसायहरुमा सहकारी ऐन, २०७४ र सहकारीनियमावली, २०७५ को प्रावधान विपरित सहकारी संस्थाबाट कर्जा प्रवाह गराई सो रकमको साँवा ब्याजसहकारी संस्थामा नबुझाई तथा सहकारी संस्थाको लगानीमा संचालित विभिन्न व्यवसायहरुबाट प्राप्त हुनु पर्नेरकम समेत सहकारीको खातामा प्राप्त नगरि ठगी गरी रकम खाने पचाउने उद्देश्यले सहकारी संस्थाकासदस्यहरुलाई आर्कषक ब्याजको प्रलोभन देखाई / झुक्याई बचत, मुद्दती निक्षेप तथा शेयरमा समेत रकमजम्मा गर्न लगाई बचत गरेको रकम तथा मुद्दती खातमा रहेको रकमको भुक्तानी मिति नाघेपछि पनि फिर्ता नगरीउक्त निक्षेप रकम ठगी गरि सर्वसाधारणले जम्मा गरेको रु. ३,१०,०७,५८३ (तिन करोड दश लाख सात हजारपाँच सय त्रियासी) निक्षेप समेत हिनामिना गर्ने कार्यमा संलग्न रहेको भन्ने जाहेरीका आधारमा निम्नव्यक्तिहरुलाई मिति २०८०/०१/२७ गते काठमाडौंको विभिन्न स्थानहरुबाट पक्राउ गरि सम्मानित भक्तपुरजिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भैरहेको ।
पुनश्च :- साथै उल्लेखित सहकारी संस्थाको विभिन्न जिल्लाहरुमा रहेका शाखाहरुबाट पिडित भएकानिक्षेपकर्ताहरुले सम्बन्धित शाखा कार्यालयहरु रहेका जिल्ला प्रहरी कार्यालयहरुमा सम्पर्क गर्न हुन र भक्तपुरजिल्लाका जाहेरी दिन बाँकी पिडितहरुले यस ब्यूरोमा यथाशिघ्र जाहेरी दिनहुन समेत सुचित गरिएको छ ।
पक्राउ भएका व्यक्तिहरुको विवरण :
१) नाम थर:- गीता शर्मा
वतन:- जिल्ला बाँके, कोहलपुर नगरपालिका वडा नं. ३
वर्ष:- ४१
निर्देशक: शिखर अर्गनाइजेसन प्रा.लि. (शिवशिखर सहकारी संस्थाको मुख्य साझेदारी संस्था)
२) नाम थर:- पुष्कर मल्ल
वतन :- जि. बझाङ, बाँझ गा.वि.स. वडा नं. ८ हाल जिल्ला काठमाडौं










