
६ साउन,
बाँके । शुक्रबार नेप्से २७.२६ अंकले घटेर २०१७.४६ अंकमा बन्द भएको छ ।
आज नेप्सेसँगै सबै उपसूचक घटेका छन् । व्यापार उपसूचक सर्वाधिक २.४८ प्रतिशतले गिरावट हुँदा उत्पादनमूलक र अन्य उपसूचक २.१४ प्रतिशत र होटल तथा पर्यटन उपसूचक २.१३ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेमा गिरावट भएपनि दुई घण्टा मात्रै कारोबार हुने शुक्रबार बजारमा १ अर्ब ४४ करोड ३४ लाखको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको मात्रै २१ करोडको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ६ करोड ८० लाखको कारोबार भएको छ ।
शुक्रबार १७९ कम्पनीको सेयर कारोबार भएकोमा १६४ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । १४ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।