
११ पुस,
बाँके । बाँकेमा आइतबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको ३ वटा प्रयोगशालामा ९३ नमुना परिक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिएका छन ।
उनका अनुसार आज एक जना डिस्चार्ज पनि भएका छन ।
यो संगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ९३ पुगेको छ, भने डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय ४१ पुगेको वलीले बताए ।






