
४ वैशाख,
बाँके । कोहलपुरको इलाका प्रहरी कार्यालयदेखि बागेश्वरी बहुमुखी क्याम्पसको गेटसम्मको सडक खण्डमा फुटपाथ अतिक्रमण बढ्दै गएको पाइएको छ। पैदल यात्रुका लागि निर्माण गरिएको फुटपाथ व्यापारीहरूले कब्जा गरेपछि सर्वसाधारणलाई हिँडडुल गर्न निकै असहज भएको छ।
फुटपाथमा विभिन्न सामग्री राखेर व्यापार गरिँदा पैदल यात्रीहरू सडकमै हिँड्न बाध्य भएका छन्। यसले बजारको सौन्दर्यसमेत बिग्रिएको स्थानीयको गुनासो छ।
लाखौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको फुटपाथ पुनः अतिक्रमणमा पर्नु ‘बालुवामा पानी खन्याए जस्तै’ भएको सरोकारवालाहरू बताउँछन्। सम्बन्धित निकायले समयमै ध्यान नदिँदा समस्या झनै जटिल बन्दै गएको छ।










