
१६ कार्तिक,
कैलाली । जुवाताल खेली रहेको अवस्थामा १४ जना पक्राउ परेका छन ।
गए राती करिब १२ बजेको समयमा धनगढी उपमहानगरपालिका वडा नं. ७ बेली बजार बाट रंगेहात जुवा खेलिरहेको अवस्थामा भारतिय रुपैंया रु. १४,७२०।–, नेपाली रुपैंया रु. २५,९५० ।– र ३ गड्डी तास सहित १४ जनालाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, कुल बहादुर चौधरीको घरमा जुवातास खेलिरहेको छन् भन्ने गोप्य सुचनाको आधारमा कैलाली जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्रउ पर्नेमा, कैलाली धनगढी उप–महानगरपालिका ७ बेली बस्ने वर्ष ३० को ईश्वर चौधरी, सोही ठाउँको वर्ष ३३ को प्रेम चौधरी, वर्ष ३५ को राम निवास चौधरी, वर्ष ३० को अम्मर राना, वर्ष २८ को दिनेश राना, वर्ष ३१ को लाल चौधरी, वर्ष४० को कृष्ण प्रसाद पाण्ड, वर्ष २१ को रमेश खाती क्षेत्री, वर्ष ३२ को माया राम चौधरी, वर्ष ४३ को हरी चन्द, वर्ष ३४ को नरेश चौधरी, वर्ष २८ को आदेश चौधरी, वर्ष ३१ को कुल चौधरी, भारत घर भई सोही ठाउँमा बस्ने वर्ष २४ को अस्पाक खान रहेका छन ।
उक्त बिषयमा पक्राउ परेका माथि थप अनुसन्धान कार्य भईरहेका प्रहरीले जनाएको छ ।





