
२२ बैशाख,
बाँके — बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० क्षेत्रबाट भन्सार छलि गरी ल्याइएको विभिन्न किसिमका सामान प्रहरीले बरामद गरेको छ।
प्रहरीले फलफूल, लत्ताकपडा, खाद्यान्न, कस्मेटिक तथा हार्डवेयर सामग्री गरी जम्मा अन्दाजी मूल्य रु. ८ लाख ४५ हजार ६६० बराबरको सामान नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार बरामद गरिएका सबै सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्ज बाँकेमा पठाइएको छ।
प्रहरीले भन्सार छलि तथा तस्करी नियन्त्रणका लागि निगरानी अझ कडा बनाइएको जनाएको छ।








