
१६ कार्तिक,
बाँके । लेनदेन मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालगंज उपमहानगरपालिका वडा नं.७ को ५५ वर्षिय दिपाली श्रेष्ठलाई लेनदेन मुद्दामा पक्राउ गरेको बाँके जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
उनलाई सम्मानित बाँके जिल्ला अदालतबाट लेनदेन मुद्दामा १ वर्ष कैद सजाय तोकिएको थियो ।
उक्त मुद्दामा फरार रहेका दिपाली श्रेष्ठलाई पक्राउ गरी सम्मानित बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।





