२१ बैशाख,

बाँके — इलाका प्रहरी कार्यालय कोहलपुरले मुद्दा मिलाइदिने बहानामा रकम असुल गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नं. १२ चप्परगौडी निवासी करिब ४० वर्षीय काशीराम थारु रहेका छन्। प्रहरीले उनलाई विभिन्न मिति र समयमा विविध कसूरमा संलग्न व्यक्तिहरू विरुद्ध अनुसन्धान प्रक्रियामा रहेका मुद्दाहरू मिलाइदिने भन्दै प्रतिवादीका परिवारसँग रकम लिएको आरोपमा नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार थारुविरुद्ध ‘अपराधिक लाभ लिन नहुने’ कसूरमा बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको छ।

प्रहरीले यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन तथा कसैले यस्ता प्रलोभन देखाएमा तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख