
१६ कात्तिक,
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले फेरि माओवादीको नेतृत्वमा सरकार बनेको हेर्न चाहेको दावी गरेका छन्।
बिहीवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दावी गरेका हुन्।
प्रचण्डले भने‚ ‘अब नेपालको भरोसा तपाईंमा मात्रै छ, अब आशा गर्ने हामीले तपाईंसँग मात्रै हो भन्न थाल्नुभएको छ। यो ठूलो जिम्मेवारीको कुरा हो। जनताले फेरि एकपटक माओवादीलाई हेर्न खोजेको छ। फेरि माओवादीको नेतृत्वमा एकपटक सरकार बनोस् भनेका छन्।’
उनले सामाजिक न्याय र आर्थिक समस्या समाधानका लागि जनताको पक्षमा काम गरेकै कारण पुराना र ठूला पार्टीहरूले भ्रष्टाचारी बचाउन आफूलाई सत्ताच्युत गरेको आरोप पनि लगाए।
यो समयलाई उनले आफूले गरेका काम जनतालाई राम्ररी बुझाउने अवसरका रूपमा लिएको बताए। आफूलाई जनताले अहिले धेरै नै माया गरेको महसुस हुने गरेको बताए।





