
बाँके, गोविन्द भण्डारी
” सामाजिक पहिचान सहितको व्यवसायिक सुरक्षा ” भन्ने मुलमन्त्रका साथ नेपाल मोबाईल व्यवसायी महासंघ लुम्बिनि प्रदेशको प्रथम साधारण सभा तथा प्रथम महाविधिवेशन श्री शेष नारायण शर्माको अध्यक्षता ,लुम्बिनी प्रदेशका आन्तरिक मामिला
तथा कानुन मन्त्री माननीय श्री दिनेश पन्थिको प्रमुख आतिथ्यमा , विशिष्ट अतिथिहरु नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष भरत भट्टराई, घोराही उप- महानगरपालिका नगर प्रमुख नरुलाल चौधरी, नेपाल मोबाईल व्यवसायी महासंग केन्द्रिय महासचिव रमेश कुमार घिमिरे त्यसैगरी अतिथिहरुमा नेपाल मोबाईल व्यवसायी महासंग केन्द्रिय सदस्यहरु दिपक पाण्डे, विष्णु ज्ञवाली , दिपक बहादुर भण्डारी र केशव खनालको उपस्तिथिमा घोराही उप-महानगरपालिका वडा न. १५ अन्तर्गत होटेल मालाइनमा सम्पन्न भएको छ। लुम्बिनी प्रदेश का १२ वटा जिल्ला बाट नेपाल मोबाईल व्यवसायी संघ लुम्बिनी प्रदेशका मोबाईल व्यवसायीहरुको ठुलो मात्रामा सहभागिता रहेको थियो। उक्त नेपाल मोबाईल व्यवसायी महासंघ लुम्बिनि प्रदेशको प्रथम साधारण सभा तथा प्रथम महाविधिवेशनबाट अध्यक्षमा पुःन शेष नारायण शर्मा (दाङ), उपाध्यक्षहरु डिएन भण्डारी र विकास न्यौपाने, कोषाध्यक्ष शरद के.सी (दाङ), महासचिव सालिक राम खनाल (दाङ), सचिव विकास गौतम( रुपन्देही), सह- कोषाध्यक्ष मुक्तीराम न्यौपाने र सदस्यहरुमा विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्नेहरुमा रामचन्द्र थापा क्षेत्री( प्युठान), धिरज खरेल( नवलपरासी), ईश्वर प्रसाद अधिकारी, श्याम लाल बेलबासी( रुपन्देही), तिलक मरासिनी( गुल्मी), भुवन पाण्डे ( रुपन्देही), नमराज पौडेल ( बाँके), महेन्द्र पुन मगर( रोल्पा), माधव बन्जाडे ( कपिलवस्तु ), गोपाल प्रोखेल ( दाङ ),भिम भुसाल ( दाङ ), भिम सेन डि.सी ( दाङ ), गणेश प्रसाद खनाल( बर्दिया ), कृष्ण प्रसाद गुप्ता ( कविलवस्तु ), हरिस सिढिया ( रुपन्देही), दुर्गा गैरे र धनराज गिरी (रुपन्देही ) लगाएत सम्पूर्ण कार्य समितिको टिम सर्वसम्मत निर्वाचित भएका छन्।






