✍ गोविन्द भण्डारी
बाँके,हवल्दार छविलाल साह मधेस प्रदेशको घुमुवा प्रहरी भनेर चर्चित नाम हो । उनी गएको समय सर्लाही जिल्ला प्रहरी कार्यालयको घुमुवाको रूपमा कार्यरत थिए । उनै घुमुवा छविलाललाई जिल्ला प्रहरी कार्यालयले आर्थिक कारोवार मा प्रयोग गर्दै आइरहेको थियो। कुन-कुन नाकाबाट क-कसलाई तस्करीको लाइन दिने , मासिक कतिमा दिने र तस्करहरूलाई कसरी संरक्षण र सेटिङ गर्न सकिन्छ भन्ने जिम्मेवारी जिल्ला प्रहरी कार्यालय सर्लाहीले यिनै घुमुवा छविलाललाई दिएको थियो । त्यसैले पनि उनलाई यति धेरै घमण्ड थियो कि मलाई कसैले केही गर्न सक्दैन । तर यो सबै कुरा उनका लागि उल्टा भयो ।
गएको ७ गतेको कुरा हो । उनी सर्लाहीबाट तस्करी गर्ने चर्चित र नामूद भारतीय तस्कर संजय भन्नेलाई कबोल अनुसारको रकम लिन भारतको इनर्वा नजिक सोन वर्षा भन्ने गाउँमा गएका थिए । भारतीय तस्कर संजयलाई भेट्न हिडेका घुमुवा छविलाल उल्टो भारतीय सीमा सुरक्षा बल (को नियन्त्रणमा पुगे । एसएसबीको नियन्त्रणमा पुग्नुको एउटै कारण थियो , उनी हतियार सहित भारत पसेका थिए । बिना स्वीकृति हतियार सहित अर्को देशमा गएपछि पक्राउ पर्नु स्वाभाविकै पनी थियो ।पाँच घण्टा एसएसबीले आफ्नो नियन्त्रणमा राखेपछि सहमतिमा छोडिएको थियो ।दुई देशका सुरक्षाकर्मीको लामो छलफल पछि उनी भारतिय सुरक्षा कर्मीको निमन्त्रण बाट छुटेका थिए ।
छविलाल यसअघि एकपटक मात्रै होइन धेरै पटक सर्लाहीका एसपीको रकम उठाउने घुमुवाको रूपमा परिचालित थिए । सर्लाहीमा सई बच्चु राउत कुर्मी ( हाल अवकाश ) , असई नरेश साह तेली ( घुष लिदै गर्दा अख्तियारद्वारा पक्राउ पछि हालसम्म निलम्बन ) र प्रमोद यादव घुमुवा कमान्डर हुदां सबै आर्थिक कारोवार र तस्करीको सेटिङ को व्यवस्था मिलाउने यिनै छविलाल थिए । नेपाल प्रहरीको महानिरीक्षक शैलेश थापा क्षेत्री भएको बखत उनलाई धेरै उजुरी र गुनासोहरू परेपछि प्रहरी मुख्यालयले तानेर नक्साल स्थित १ नम्बर गणमा राखेर छानबिन समेत गरि कारबाही गरेको थियो । त्यसपछि केही समय अन्यत्र लखेटिएका उनी पावर र पहुँचको भरमा सर्लाही आएर फेरी घुमुवाको रूपमा परिचालित भएका थिए । अहिले हवल्दार छविलाल धनुषा स्थित गणमा तानिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ताले बताएका छन्। मैले जे गरेपनि हुन्छ भन्ने घमण्डको कारण अहिले सर्लाही जिल्ला प्रहरी कार्यालयमा कार्यरत घुमवा हवल्दार छविलाल साह ढल्के स्थित गणमा गएर थन्कनु परेको छ।

प्रतिक्रिया

सम्बन्धित ख