काठमाडौं , राष्ट्रिय सभा सदस्यको भागबन्डा मिलाउनका लागि नेपाली कांग्रेस र माओवादीले छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज पनी दुईपक्षीय छलफल भइरहेको छ । मंगलबार पनि दुई दलका शीर्ष नेताहरूबीचमा छलफल भएको थियो ।
छलफलबाट भागबन्डाको टुंगो नलागेपछि नेताहरू आज पनि छलफलमा जुटेका छन्।। आजको बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन् छन् भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक पनी सहभागी भएका छन्।
निर्वाचन आयोगले उम्मेदवारी दर्ता पुस २३ का लागि तोकेको छ । सो उम्मेदवारी को मतदान भने माघ ११ मा हुनेछ ।
अहिले १९ सिटका लागि निर्वाचन हुन लागेको छ। हालको गठबन्धन अनुसार चुनाव भएको खण्डमा एमाले शून्य हुनसक्ने अवस्था देखिएको छ।
यसपछि भने ५९ सदस्यीय राष्ट्रियसभामा एमाले ९ सांसदमा खुम्चिनेछ ।

प्रतिक्रिया

सम्बन्धित ख