✍ गोविन्द भण्डारी
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक आइतबारबाट महोत्तरीको जलेश्वरमा सुरू हुने भएको छ।
आज मध्याह्न १२ः३० बजेबाट संयुक्त बैठक सुरू हुने कुरा पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिनुभयो।
‘केन्द्रीय सदस्य र सांसदहरू ११ बजे सम्म आइसक्नुहुनेछ। साढे बाह्र बजेबाट बैठक सुरू गर्छौं,’ उनले भने।
रास्वपाले मधेसका जिल्लाहरूमा गतिविधि बढाइरहेको छ। त्यसका लागि अहिले केन्द्रीय समिति र सांसदहरू मधेसमै खटिएका छन्।
आजबाट सुरू हुने संयुक्त बैठकमा पार्टीको दीर्घकालीन नीतिबारे विमर्श हुने कुरा पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिनुभयो।
प्रदेश सभापतिहरूलाई पनि बोलाइएको बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगले प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। यसका अतिरिक्त प्रदेशहरूले राजनीतिक प्रतिवेदनहरू प्रस्तुत गर्नेछन्
त्यस्तै, समग्र पार्टीको आर्थिक प्रतिवेदन, सांसदहरूको संसदीय कार्यको समीक्षा हुने पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिएका छन्।

आगामी मंसिरभित्रमा महाधिवेशनको प्रक्रिया सुरू गरिसक्नुपर्ने छ। वडा तहबाट महाधिवेशनको प्रक्रिया सुरू गर्ने तयारी गरिरहेको छ ।रास्वपाले त्यसको विधि र प्रणालीबारे पनि यो बैठकमा छलफल गर्ने महामन्त्री ढकालले बताएका छन्।

पार्टीको समग्र रोडम्याप र अवलम्बन गर्ने नीति पनि यो बैठकले निर्धारण गर्ने उनले जानकारी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक दस्तावेजमाथि विमर्श चलाइरहेको छ। महामन्त्री मुकुल ढकालसहितको तीन सदस्यीय कार्यदलले दस्तावेजको खाका बनाएको थियो। त्यसमाथि चरणचरणमा छलफल चलाएको राष्ट्रिय स्वतन्त्र पार्टीले केही समयअघि जनआवाज सुन्न भन्दै पार्टीका केन्द्रीय सदस्य र सांसदहरूलाई जिल्ला जिल्लामा खटाएको थियो। तीन दिन बसेर उनीहरूले जनताका विभिन्न सुझाव संकलन गरेर ल्याएका थिए।
त्यस लगत्तै रास्वपाले काठमाडौंमा दस्तावेजकेन्द्रित बौद्धिक मन्थन पनि गरेको थियो।
अहिले मधेसमा संयुक्त बैठक राख्नुका पछाडि पनि दस्तावेजमाथिको छलफललाई विस्तारित गर्नु नै मुख्य उद्देश्य रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख