
२१ असार,
बाँके । मंगलबार नेप्से परिसूचकमा ४६.०८ अंकले गिरावट आएको छ ।
आज बजार ४६.०८ अंकले घट्दै २०३०.५९ बिन्दुमा आएर रोकिएको छ ।
यसदिन कुल २२९ वटा कम्पनीको ४९ हजार ४१६ वटा कारोबारबाट ८६ लाख १३ हजार ४८९ कित्ता सेयर किनबेच हुदा २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२३ रुपैयाँको कारोबार भएको छ ।
घटदो बजारमा पनि सीवाईसी नेपाल लघुवित्तको मूल्यमा पोजेटिभ सर्किट लाग्यो । ङ्याग्दी ग्रुप पावर, आँधीखोला लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, युनियन हाइड्रोपावर लगायतका कम्पनीको मूल्य बढ्यो ।
घलेम्दी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, एजोड इन्स्योरेन्स लिमिटेड, सीईडीबी हाइड्रोपावर कम्पनी, शिव श्री हाइड्रोपावर सहितका कम्पनीको सेयर मूल्य धेरै घटेको छ ।






