२० माघ,

बाँँके । बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ का ८६ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ ।

उनलाई माघ १३ गते कोभिड पुष्टि भएको थियो । त्यसैदिन उनी अस्पताल भर्ना भएका थिए । उनको आज विहान ९ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख