१९ माघ,

बाँके । नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

खजुरा गाउँपालिका–८ बाँकेका ८५ वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो । पुष २३ गते कोरोना संक्रमण पुष्टि भएका उनी त्यसको भोलीपल्ट भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए ।

स्वास्थ्यमा सुधार नआउँदा उनको अस्पताल भर्ना भएको २६ दिनपछि मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख