
१७ माघ,
बाँके । बाँकेको कोहलपुरमा आज (सोमबार)एकै दिन ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोहलपुर नगरपालिकाले पालिका कार्यालयमा ३७ जनाको एन्टिजेन परीक्षण गरेकोमा ३४ जनामा भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।
भाइरस संक्रमणको जोखिम बढेसँगै नगरपालिकाले सातामा दुई दिन सोमवार र विहीबार लक्षण चिन्ह देखिएका र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको कोरोना जाँच गर्दै आएको छ ।









