
१७ माघ,
बाँके । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
भेरी अस्पतालमा उपचारका क्रममा आठबिस नगरपालिका वडा नं.६ रुकुम पश्चिमका ६५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए ।
माघ १५ गते कोभिड संक्रमण पुष्टि भएपछि उपचारका लागि माघ १६ गते भर्ना भएका थिए । उनकोे आज सोमबार बिहान ३ बजे मृत्यु भएको हो । फोकलपर्सन ओलीका अनुसार उनले कोरोना विरुद्धको कुनै पनि खोप लगाएका थिएन ।
योसँगै बाँकेमा कोरोना संक्रमण पछि उपचारका लागि अन्यत्र जिल्लाबाट आएका ४४१ जनाको मृत्यु भएको छ ।






