१५ माघ,

बाँके । बाँकेमा आज थप ११० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ७७ र एन्टिजेन परीक्षणमा ३३ गरी थप ११० जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाका तीनवटा पीसीआर ल्यावमा १३५ जनाको नमुना जाँच्दा ७७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । भेरीमा ३०, कोहलपुर मेडिकल कलेजमा ३३ र बागेश्वरी ल्यावमा १४ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै जमुना नाकामा २७५ जनाको एन्टिजेन जाँच गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका मध्ये बाँकेका ५० जना छन् ।

योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ५ सय ९४ पुगेको छ । यस्तै थप ९० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ६४५ पुगेको छ ।

हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ८७७ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख