
३ मंसिर,
बाँके । नेपाली कांग्रेस १४ औं अधिवेशन बैजनाथ गाउँपालिका सभापतिमा देव बहादुर केसी विजय भएका छन ।
विहिबार भएको गाउँपालिका स्तरिय अधिवेशनमा केसीले ६८ मतको अन्तरले केशर खड्का र राम बहादुर विष्टलाई पराजित गरेका हुन ।
खड्काले ३९ मत ल्याएका थिए भने विष्टले २७ मत प्राप्त गरेका थिए ।
त्यसैगरी उपसभापतिमा ८३ मत प्राप्ता गरी सुर विक्रम विजय भएका छन । अर्का उप सभापतिमा गोपाल थारूले ७० मत प्राप्त गरि विजय भए ।






