२३ कार्तिक,

सरकारले तीन वटा प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार सुदूरपश्चिममा देवराज जोशी, कर्णालीमा तिलक परियार र प्रदेश नं १ मा पर्शुराम खापुङलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यस भन्दा अगाडि सुदूरपश्चिममा गंगाप्रसाद यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी प्रदेश प्रमुख थिए । उनीहरुलाई बर्खास्त गरेर नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सरकारले सिफारिस गरेको हो ।

देवराज जोशी नेपाली कांग्रेस, तिलक परियार नेकपा माओवादी केन्द्र र पर्शुराम खापुङ जनता समाजवादी पार्टीको कोटाबाट नियुक्त भएका हुन् ।

यसअघि पनि प्रदेश २ को प्रदेश प्रमुख भएका परियारलाई गत फागुन ७ गतेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित ख