
कार्तिक-०६,बाँँके ।
नेकपा एमाले कोहलपुर नगर सचिवमा सुमन घिमिरेले उम्मेद्वावारी घोषणा गरेका छन् ।
एमाले राजनीतिमा युवा सहभागिता बढाउनको लागि आफूले उम्मेद्वावारी घोषणा गरेको घिमिरेले बाँके अपडेट लाई बताए ।
कोहलपुरको बागेश्वरी बहुमुखी क्याम्पसबाट अनेरास्ववियुको राजनीति गर्दै राजनीतिक यात्रा सुरु गरेका घिमिरे नेकपा एमाले कोहलपुर नगर कमिटी सदस्य र अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य हुन । उनले यसअघि अनेरास्ववियु बांके क्षेत्र नम्बर १ क्षेत्रीय कमिटी सदस्य , क्षेत्रीय कमिटी अध्यक्ष , जिल्ला कमिटी सदस्य, हुँदै अहिले दोस्रो कार्यकाल केन्द्रिय सद्स्यको रुपमा काम गर्दै छ्न ।
घिमिरे स्वतन्त्र बिद्यार्थी युनियन बागेश्वरी बहुमुखि क्याम्पसको सह- सचिब पनि रहेका छन ।
अग्रज नेताहरु संसदिए फाटमा युबाहरु पार्टिको मोर्चामा भन्ने मुल नाराका साथ आफू सचिबमा उत्रिएको घिमिरेले अहिले आफ्नो पक्षमा माहोल रहेको बताए ।






