४ वैशाख,

नेपालगञ्ज — बाँकेको धम्बोजी चोकस्थित “iPhone Care Center” को नाम र ठेगाना दुरुपयोग गर्दै TikTok मार्फत अनलाइन ठगी भइरहेको पाइएको छ। उक्त पसलसँग कुनै सम्बन्ध नराख्ने व्यक्तिले पसलको परिचय प्रयोग गरी सर्वसाधारणलाई झुक्याएर आर्थिक लाभ लिने प्रयास गरिरहेको सम्बन्धित पक्षले जनाएको छ।

पसल सञ्चालक गोविन्द भण्डारीका अनुसार, ठगीमा संलग्न व्यक्तिले सामाजिक सञ्जालमार्फत विभिन्न अफर तथा सेवा दिने बहानामा ग्राहकसँग सम्पर्क गरी रकम माग्ने गरेको छ। यस क्रममा प्रयोग गरिएको फोन नम्बर 9761903779 रहेको छ। साथै, भुक्तानीका लागि प्रयोग गरिएको QR कोडमा “नुर मोहब्बत खान” नाम उल्लेख भएको र त्यससँग सम्बन्धित मोबाइल नम्बर 9706539156 रहेको जानकारी प्राप्त भएको छ।

उक्त घटनाले व्यवसायको विश्वसनीयतामा नकारात्मक असर पार्नुका साथै सर्वसाधारण उपभोक्ताहरू ठगीको जोखिममा परेका छन्। यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गोविन्द भण्डारीले उपभोक्ताहरूलाई अनलाइन माध्यमबाट हुने यस्ता लेनदेनमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।


पसलले स्पष्ट पारेको छ कि उनीहरूले कुनै पनि प्रकारको अनलाइन अग्रिम भुक्तानी अनधिकृत माध्यमबाट नलिने र आधिकारिक सम्पर्क बाहेक अन्य माध्यमबाट गरिएको कारोबारको जिम्मेवारी नलिने जनाएको छ।

यस सम्बन्धमा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा उजुरी दर्ता गरिसकिएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ। साथै, यस्ता ठगीजन्य गतिविधिबाट जोगिन सबैलाई सचेत रहन तथा शंका लागेमा तुरुन्त सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गरिएको छ।

सम्बन्धित पक्षले उपभोक्ताहरूलाई आधिकारिक स्रोतबाट मात्र जानकारी लिन र अपरिचित व्यक्तिको बहकाउमा नपर्न विशेष अपिल समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख