३० फागुन,

काठमाडौँ– अमेरिका-इजरायल र इरानबीचको द्वन्द्वका कारण मध्यपूर्वमा सृजना भएको तनाबकाबीच लेबनानस्थित नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हवाई हमला भएको छ।

शुक्रबार दक्षिणपूर्वी लेबननको अलजाबेलस्थित ब्लु लाइन नजिकै संयुक्त राष्ट्रसंघमार्फत खटिएको नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हमला भएको हो।

हवाई हमलाबाट नेपाली सेना बस्ने गरेको एउटा घर ध्वस्त (प्रि फाइ होम) भएको छ। यद्यपि हमलाबाट नेपाली शान्ति सेनालाई भने केही भएको छैन। हमलाको क्रममा नेपाली सेनाहरू बंकरभित्र रहेको र कुनै मानवीय क्षति नभएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।

हमला भएको हेडक्वार्टरमा कति सेना छन् भन्ने एकिन विवरण छैन। ‘त्यो हेड क्वार्टर हो। त्यहाँबाट अन्य क्याम्पमा आवक्यक्ताअनुसार पठाउने गरिन्छ। यति नै संख्यामा त्यहाँ सेना थिए भन्न सकिन्न’, उनले भने।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि लेबनानका सरकारी अधिकारीलाई उदृत गर्दै नेपाली शान्ति सेनाको क्याम्पमा गोला खसेको बताएका छन्। यद्यपि उक्त आक्रम कसले गरेको भन्ने खुलेको छैन। कसले आक्रमण गरेको भन्ने पनि खुलाइएको छैन।

नेपाली सेनाका प्रवक्ता बस्नेले के आक्रमण भएको र कसले गरेको भन्नेबारे कुनै तथ्य नखुलेको बताउँदै यस विशषयमा संयुक्त राष्ट्र संघले अनुसन्धान गर्ने बताए।

हाल लेबनानमा नेपाली शान्ति सेनाहरू सुरक्षित रहेका छन्।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त हमला सुरु गरेका थिए। उनीहरूको हमलाबाट इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित शीर्ष अधिकारीहरूको हत्या भएको छ।

अमेरिका र इजरायलले आक्रमण सुरु गरेपछि इरानले मध्यपूर्वका अमेरिकी क्याम्पहरूलाई निसाना बनाएर आक्रमण जारी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित ख