आज मिति २०८२ पौष १२ गते, बाँकेको कोहलपुर ११ लोकनगरमा रहेको श्री लक्ष्मी नारायण मन्दिरमा मूर्ति प्राण प्रतिष्ठा तथा चन्दा दाताहरुको नाम उल्लेख गरिएको शिलालेख अनावरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। यो विशेष अवसरमा प्रमुख अतिथि कोहलपुर नगरपालिकाका मेयर आदरणीय श्री पूर्ण प्रसाद आचार्य ज्यूको गरिमामय उपस्थितिले कार्यक्रमलाई थप महत्व प्रदान गरेको छ।

कार्यक्रमका क्रममा प्रमुख अतिथिले शिलालेख अनावरण गर्दै मन्दिर निर्माण कार्यमा योगदान पुर्‍याउने सबै दानदाताहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिकोणले यो मन्दिरले समुदायलाई एकताबद्ध गर्दै धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

यसै अवसरमा आयोजक समितिले सम्पूर्ण भक्तजन, बुद्धिजीवी, समाजसेवी, शिक्षक, पत्रकार, प्रहरी, र अन्य सहभागीहरूप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहकार्य र सहयोगको अपेक्षा राखेको छ। उपस्थित सहभागीहरूले मन्दिरको प्राण प्रतिष्ठा समारोहमा आस्था र उल्लासका साथ सहभागिता जनाएका थिए।

मन्दिर निर्माणका लागि आफ्नो समय, धन, र परिश्रम योगदान गर्ने चन्दा दाताहरुको नाम शिलालेखमा उल्लेख गरिएको छ, जसले धार्मिक कार्यप्रति समुदायको योगदानलाई सदैव स्मरणीय बनाउनेछ।

लक्ष्मी नारायण मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष गंगाराम थारुले उपस्थित सम्पूर्ण भक्तजनप्रति आभार व्यक्त गर्दै आगामी दिनमा मन्दिर निर्माण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै लैजानका लागि निरन्तर साथ र सहयोगको अपेक्षा गरेको साथै श्री लक्ष्मी नारायण मन्दिरले धार्मिक, सांस्कृतिक र सामाजिक विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको भनि बाँके अपडेटलाई बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित ख